बागमती

समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ : उपप्रमुख डंगोल

इकागज |
असोज ५, २०८० शुक्रबार १६:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताएकी छिन् ।

शुक्रबार अखिल नेपाल महिला संघ काठमाडौँ महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताएकी हुन् । उनले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडि पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।


उपप्रमुख डंगोलले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरूलाई राजनीतिमा अघि सार्नुपर्ने बताइन् । उनले पार्टीका हरेक संगठनहरूमा युवाहरूलाई तयार पार्दै लैजानुपर्ने बताइन् । उनले राजनीतिमा आउने युवाहरूले पेसालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताइन् ।

उनले पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरिन् । 

 


Author

थप समाचार
x