बागमती

आठ दिनपछि ईः अभियन्तालाई भेट्न पुगिन उपमेयर डंगोल

इकागज |
असोज ९, २०८० मंगलबार १०:२२ बजे

तस्बिर स्रोत : ईः

काठमाडौँ - फुटपाथ व्यवसायीमाथि गरिएको व्यवहार र उनीहरूको उचित व्यवस्थापनको माग राख्दै राष्ट्रिय सभा गृह अघि उभिएर आन्दोलन गरिहेका ईः लाई उपमेयर सुनिता डंगोलले भेट गरेकी छिन् । सोमबार मेयर बालेन शाहले हुकुमी शैलीमा वार्तामा बोलाएको कुरा सार्वजनिक भएपछि मेयर बालेन सामाजिक सञ्जालमा निशानामा परेका थिए ।

आगोमा घिऊ थप्दै उपमेयर सुनिता डंगोलले महानगरपालिकाले सबैका माग पूरा गर्न नसक्ने भाषण गरेकी थिइन् ।तर मंगलबार बिहान ईःले ट्वीटरमा उपमेयर सुनिता डंगोलसँगको वार्तालापको तस्बिर राख्दै आन्दोलनको आठौँ दिनमा उपमेयर सुनिता डंगोल आफूहरूको हाल खबर सोध्न आएको र फुटपाथ व्यवसायीका लागि वैकल्पिक व्यवस्था गर्न प्रतिवद्ध रहेको प्रतिवद्धता व्यक्त गरेको उल्लेख गरेको छ ।


ईः भनिने अभियन्ताहरूले विगत ८ दिनदेखि महानगरको ध्यानाकर्षण गराउन ठिंग उभिएरै महानगर नेतृत्वको अमानवीय कदमको विरोध गरेका थिए । सँगै उनीहरूले सडकमा व्यापार गरेर गुजारा गर्ने गरिबले व्यवस्थित रुपमा व्यापार गर्न पाउनुपर्ने माग राखेका छन् । सोमबार बालेनले नगर प्रहरी पठाएर वार्ताका लागि अभियन्तालाई बोलाएको समाचार आएका थिए । त्यसमा अभियन्ताले विज्ञसहित वार्तामा बस्नुपर्ने भएकाले समय दिन आग्रह गर्दा बालेन समय छैन भन्दै हिँडेको समाचार सार्वजनिक भएका थिए । 


Author

थप समाचार
x