बागमती

आज बागमती प्रदेश सभा बैठक बस्दै

इकागज |
असोज १५, २०८० सोमबार ६:४३ बजे

हेटौडा । बाग्मती प्रदेशसभा बैठक बस्दैछ । प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे बोलाइएको छ । 

हिजो आइतबार २ पटक  बैठक संचालन भएको थियो, जुन बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिएको थियो । 


उक्त विधेयक माथि सैद्दान्तिक छलफल सुरू गरिएको छ । सो प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेस गरेको सो विधेयकमाथि सोमबार पनि छलफल जारी रहने छ ।


Author

थप समाचार
x