बागमती

रातोमाटेमा पटका र कपडा बरामद

इकागज |
कात्तिक १३, २०८० सोमबार ९:५६ बजे

मकवानपुर- मकवानपुर प्रहरीले हेटौंडाको रातोमाटेबाट पटका र कपडा बरामद गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जतर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ३८९८ नम्बरको ट्याङ्कर र ना.४ ख ६०३१ नम्बरको बसलाई जाँच गर्दा पटका र कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।  

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी रातोमाटेको टोलीले ना.४ ख ३८९८ नम्बरको ट्याङ्करबाट बिभिन्न किसिमका–१६ प्याकेट पटका (१५५ पिस) बरामद गरिएको हाे । यसैगरी ना.४ ख ६०३१ नं.को बसबाट उनीको कुर्ता २६ पिस, कटनको कुर्ता सुरुवाल–२ पिस, साडी १५ पिस फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार बरामद गरिएको कपडा ६९ हजार रुपैया बराबरको रहेको छ ।


Author

थप समाचार
x