बागमती

तिहारमा काठमाडौँको सुरक्षा व्यवस्था : २४ सै घण्टा देउसी भैलो खेल्न पाइने, भीडभाड हुने ठाउँमा ड्रोन

इकागज |
कात्तिक २६, २०८० आइतबार १३:३२ बजे

काठमाडौँ- तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौँ प्रहरीले बताएको छ ।

दसैँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरू हुन्छन् त्यस्ता ठाउँहरूलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाएको काठमाडौँ प्रहरीले जनाएको छ ।


काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसी भैलो खेली तिहार मनाउन आग्रह गरे । उनले जथाभावी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गरे ।

उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्नसमेत अनुरोध गरे । उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताए । उनले  सुरक्षा प्रबन्ध मजबुत बनाएको बताए । 

उनले काठमाडौँमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसी भैलो खेल्नको लागि कुनै सिमित समय नतोकिएको बताए । उनले प्रहरी र सुरक्षा समितिले काठमाडौँमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकि अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे । उनले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा व्यवस्था गरिएको भन्ने भनाईप्रति लक्षित गर्दै काठमाडौँ प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए । उनले नागरिकहरूले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताए ।

‘तिहारको संघारमा हामी छौँ । दसैँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम हुन्छ वा जहाँ चोरी लुटपाट जस्ता घटनाहरू हुन्छन् त्यस्ता ठाउँहरूलाई मध्येनजर गरेर दसैँको जस्तै विभिन्न सुरक्षा प्रबन्ध मिलाएका छौँ ।  सुरक्षा प्रबन्ध गर्नु नागरिक दायित्व पनि हुन्छ । प्रहरी प्रधानकार्यालय र उपत्यका प्रहरी कार्यालयले सार्वजनिक रुपमा तिहार जस्ता पर्वहरूमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले मनाउन आग्रह गर्दछौं' उनले भने 'जथाभावी पटाका पड्काउँदा आतेशबाजी हुने,आगलागी हुने जस्ता घटना,लक्ष्मी पुजा बहुमूल्य गहरगहना प्रदर्शन गर्ने जस्ता कुराहरूलाई मध्येनजर गरी अपिलहरू गरेका छौँ ।'

उनले काठमाडौँवासीलाई सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताए । 'त्यसैले प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेका छौँ र सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी राखेका छैनौँ । काठमाडौँमा आफ्नो संस्कृतिअनुसार खेल्ने देउसी भैलो खेल्नको लागि कुनै सिमित समय तोकेका छैनौं । प्रहरी र सुरक्षा समितिले काठमाडौँमा २४ घण्टा सौभार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न खुला रहेको छ । प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको छ' उनले भने 'तर नागरिकहरूले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ ।' 

'राति १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी हो । चाडपर्व तथा अन्य विषयमा सुरक्षा प्रबन्ध गर्ने जिम्मा नेपाल प्रहरीले पाएको हुन्छ । सुरक्षाको लागि प्रहरीले के गर्दा नागरिक सुरक्षा प्रदान गर्न सकिन्छ भनेर प्रयास गर्छौं । विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरी सुरक्षा बढी नै परिचालन गरिनेछ' उनले भने 'भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएका छौं । आम नागरिकको सुरक्षा दिनु राज्यको जिम्मेवारी हो । नेपाल प्रहरी यसको लागि सक्षम छ । कसैले कुनै समय तोकेर अवरोध गर्न खोज्नुभयो भने नेपाल प्रहरीको १०० र काठमाडौँ प्रहरी प्रमुखलाई नै फोन गरेर जानकारी दिन सक्नुहुनेछ ।’

उनले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैउसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरूको बढी नै परिचालन गरिने बताए । उनले भीडभाड र आर्थिक गतिविध हुने क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताए ।  


Author

थप समाचार
x