समाज

भारतमा नेपाली युवकको शव फेला

इकागज |
बैशाख २७, २०८१ बिहीबार १९:१९ बजे

फाइल फाेटाे

डडेल्धुरा - डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेसनमा मृत फेला परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेसनमा बुधबार मृत फेला परेका हुन्। उनका आफन्तका अनुसार सागर अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेसनबाट हराएका थिए।


खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो सोही रेलवे स्टेसनमा फेला परेको बताइएको छ। परिवारले हत्याको आशंका गरेको छ। उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।


Author

थप समाचार
x