बागमती

महानगरले गर्‍यो ३ हजार बढी छाडा छोडिएका कुकुरकोे बन्ध्याकरण

इकागज |
मंसिर १५, २०८० शुक्रबार १२:३८ बजे

काठमाडौँ–काठमाडौँ महानगरपालिकाले  ६० दिनमा ३ हजार ४ सय ६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको गरेको छ । महानगरले आफ्ना वडा भित्र छाडा छोडिएका कुकुर र बिरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर बन्ध्याकरण गरेको महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईले जानकारी दिए । 

‘महानगरले सार्वजनिक रुपमा छोडिाएका कुकुर र बिरालाहरूको बन्ध्याकरण सुरू गरेको छ,’ उनले भने, ‘अहिले हामीले ९ वटा कम्पनीसँग सम्झौता गरेर बन्ध्याकरणको काम गरेका छौँ ।’


महानगरले असोजबाट सुरु गरेको अभियानमा ५ हजार ३ सय २० वटा कुकुर तथा बिरालोलाईसमेत रेबिज विरुद्धको खोप दिइएको छ ।

बन्ध्याकरण गरिएका कुकुर बिरालोको कानमा सानो चिह्न लगाएर छाड्ने गरिएको छ । चिह्न नभएको कुकुर बिराला देखिएमा महानगरपालिकामा सम्पर्क गरेर जानकारी दिन पनि अनुरोध गरेको छ ।  

घर पालुवा जनावरको हकमा भने घर धनी आफैले बन्ध्याकरण र खोपको व्यवस्था मिलाउनसमेत महानगरले जानकारी गराएको छ । 
 


Author

थप समाचार
x