बागमती

काठमाडौँ महानगरमा आजबाट सुर्तीजन्य पदार्थ बेच्न नपाइने

इकागज |
मंसिर २८, २०८० बिहीबार ७:२२ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । 

महानगरले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्खा प्रतिबन्ध गरिएको जानकारी दिएको हो । 


पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको बताए । उनले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए । 

उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिए । 


Author

थप समाचार
x