लुम्बिनी

कारागारभित्र कैदीले आत्महत्या गरे

इकागज |
असार २१, २०८० बिहीबार १०:७ बजे

बाँके- नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । 

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । 


घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताए । रासस


Author

थप समाचार
x