लुम्बिनी

एमाले लुम्बिनीमा जुटेन सहमति, आज निर्वाचनबाट नेतृत्व चयन गरिँदै

इकागज |
भदौ १८, २०८० सोमबार ७:५९ बजे

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारका बीचमा आज मतदान हुँदैछ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेपछि उनीहरु बीच प्रतिस्पर्धा गराउनका लागि आज मतदान हुन लागेको हो ।

प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेकोमा दुवै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको एमाले लुम्बिनीले जनाएको छ ।


तर, दुवै जना कँडेल र रिजालले उम्मेदवारी दर्ता गरे पछि निर्वाचन गरिन लागएिको हो । दुवैजना उम्मेदवार मध्ये कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन्। 

उम्मेदवारी दर्ताको समय आज बिहान १० बजेसम्म रहेको छ। यस बीचमा सहमतिको प्रयास गरेर एकको उम्मेदवारी फिर्ता गराउने कोशिस भने जारी रहने जनाईएको छ । 


Author

थप समाचार
x