लुम्बिनी

नेपालगञ्‍जमा फेरि निषेधाज्ञा*

इकागज |
असोज १९, २०८० शुक्रबार ८:५९ बजे

बाँके- नेपालगञ्‍जमा निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरि निषेधाज्ञालाई निरन्तरता दिइएको हो । 


निषेधाज्ञा बिहान ६ बजे देखि सुरू भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा भनिएको छ । 

उनका अनुसार नेपालगञ्‍ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख छ ।

केही समयदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीचमा असमझदारी बढेपछि स्थीति नियन्त्रण लिनका लागि सेना परिचालनदेखि कर्फ्यूसमेत लगाइएको थियो ।

अवस्था सामान्य भएको भन्दै हिजो बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यू हटाएको थियो तर पुनः विबाद बढेपछि नेपालगञ्जमा अहिले निषेधाज्ञा जारी छ ।


Author

थप समाचार
x