लुम्बिनी

लुम्बिनीका मन्त्री शाहीलाई एमालेले सोध्यो स्पष्टीकरण

इकागज |
साउन २८, २०७८ बिहीबार २२:३१ बजे

फाइल फोटो

बुटवल - सूर्य चिन्हमा चुनाव जितेर माओवादी केन्द्रको नेतृत्वको सरकारमा मन्त्री भएपछि नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । बुधबार मन्त्रीको शपथ लिएका स्वतन्त्र सांसद तथा विना विभागीय मन्त्री अजय शाहीलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले तीन दिने स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अगाडि बढ्ने चेतावनी पनि दिइएको छ । साथै एमालेले एमालेले लुम्विनी प्रदेशको मन्त्रिपरिषद विस्तारमा एमालेका सदस्यलाई सहभागी बनाएको भन्दै आपत्ती जनाएको छ । 


एमाले लुम्बिनी प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेका सांसद अजय शाहीलाई गैर कानूनी बाटोबाट मन्त्री नियुक्त गरेको र बिमला वलीलाई नेकपा माओवादीको संसदीय दलमा सहभागी गराएको भन्दै आपत्ती जनाएको हो। 


Author

थप समाचार
x