लुम्बिनी

प्रतिनिधि सभा विघटनविरुद्ध जसपाको प्रर्दशन

बिक्रम खड्का |
पुस ८, २०७७ बुधबार १८:५ बजे

रुपन्देहीको भैरहवामा बुधबार जनता समाजवादीले निकालेको विरोध सभाका सहभागिहररू ।

बुटवल : प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले केन्द्रीय कार्यक्रमअनुसार बुधबार प्रर्दशन भैरहवामा प्रदशैन गरेको छ । जिल्ला सदरमुकामहरूमा गरिएको प्रर्दशनमा वर्तमान प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध नारावाजी गरिएको छ । रुपन्देहीको भैरहवामा -याली तथा विरोध प्रदर्शन गरेको छ । ओली सरकारको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन गरिएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए ।

सिद्धार्थनगर–४ उद्योगपुरीस्थित जसपा रुपन्देही जिल्ला पार्टी कार्यालयबाट सुरु भएको -याली गल्लामण्डी, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको जसपा लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले जानकारी दिए ।


सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पूर्ववनमन्त्री मोहम्मद वकिल मुसलमानले संविधानमै व्यवस्था नभएको प्रतिनिधिसभा संसद विघटन गरेर ओली सरकारले असंवैधानिक कदम चालेको बताए । उनले गणतन्त्रको संरक्षण ओली नेतृत्वको सरकारबाट हुन नसक्ने दाबी गरे । पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर)ले ओली सरकारबाट न्यायको आशा गर्न नसकिने बताए । केन्द्रीय सदस्य अतिअुल्लाह मुसलमानले नेपालको नागरिकले राजतन्त्र फालेकोले प्रधानमन्त्री ओलीलाई पनि हटाउन समय नलाग्ने बताए ।

जसपाका केन्द्रीय सदस्य किस्मत विकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध जनताले धावा बोल्ने बताए । पार्टीका नेता ओमप्रकाश यादवले कम्युनिष्ट सरकारलाई जनताको सरकार भन्न नमिल्ने बताए । जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले संविधानलाई मिचेर प्रतिनिधिसभा विघटन गरिएको बताए ।

लुम्बिनी प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेयले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले तीन करोड नेपाली जनतालाई दुःखी बनाएको बताए । उता कपिलवस्तुको तौलिहवा, पश्चिम नवलपरासीको परासी मा पनि विरोध सभा गरिएको थियो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विरोध कार्यक्रम भएको सो पार्टीका नेता तथा प्रदेश संयोजक अशोक यादवले बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x