लुम्बिनी

ओलीले संविधानको मर्ममै प्रहार गरे : खाण

लुम्बिनीमा शक्ति प्रर्दशनसहित कांग्रेसकाे प्रर्दशन

बिक्रम खड्का |
पुस १३, २०७७ सोमबार १६:४५ बजे

बुटवल : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार सडक प्रर्दशन गरेको छ । लुम्बिनी प्रदेशका सबै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा कांग्रेसले एर्कै पटक प्रर्दशन गरेको हो ।

नेपाली कांग्रेसले देशब्यापी विरोध प्रर्दशन गर्ने क्रममा बुटवलसहित लुम्बिनी प्रदेशका विभिन्न स्थानमा प्रर्दशन भएको हो । रुपन्देहीको भैरहवा, मझगावा, सालझण्डी, धकधईलगायतका स्थानमा विरोध प्रर्दशन गरेको छ । प्रर्दशन पछिका विरोध सभाहरूमा कांग्रेसका केन्द्रीय नेताहरूदेखि जिल्ला नेताहरूले सम्बोधन गरे । 


असंवैधानिक र जनबिरोधी कदमका बिरुद्ध रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा कार्यक्रम गरेको कांग्रेस रुपन्देहीले जानकारी दिएको छ । बुटवलमा बुटवल अस्पताल लाइन अगाडिबाट सुरु भएको विरोध प्रर्दशन अमरपथ, जेसिस चोक हुँदै ट्राफिक चोकमा बिरोध सभामा परिणत भएको थियो ।

विरोध जुलुसमा सहभागिहरूले प्रधानमन्त्री आलीविरुद्ध तथा अर्थमन्त्री विष्णु पौडेलका विरुद्धसमेत नाराबाजी गरेका थिए । विरोध सभामा काग्रेस रुपन्देहीका नेताहरू युवराज गिरि, हरि लम्साल, खेलराज पाण्डेलगायतले सम्बोधन गर्दै प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै विरोध गरेका थिए । 

उता जिल्ला सदमुकाम भैरहवमा भएको विरोध प्रर्दशनमा नेपाली काग्रेसका नेता बालकृष्ण खाणले प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधानको मर्ममै प्रहार गरेको बताए । उनले लामो सघर्ष, त्याग र बलिदानबाट निमार्ण भएको संविधानमाथिको प्रहारले सिंगो प्रणालीलाई नै असर गरेको उनको भनाइ रहेको छ । भ्रष्टाचारमा लिप्त रहेको सरकार आपसमा लडाइ गरेर देशलाई बर्बादीतिर लैजान नपाउने जिकर नेता खाणको छ । उनले भने, ‘कोभिडका कारण अस्तव्यस्त जनजीवनमापथि मलम लगाउनुको सटट गुटगत स्वार्थमा असंवैधानिक कदम चाल्ने छुट ओलीलाई छैन ।’

यस्तै रुपन्दहीको सालझण्डीमा भएको विरोध सभामा नेपाली कांग्रेसका नेता भरतकुमार शाहले ओलीको सनकको भरमा देश बर्बादीको बाटोमा जाने भन्दै आन्दोलनकै बलमा अघि बढ्नु पर्ने बताए । उनले संवैधानिक कू गर्ने अधिकार ओलीलाई नभएको टिप्पणी गरे । सो अवसरमा कांग्रेसका नेताहरू फकरुद्धिन खान, विष्णु पोख्रेल लगायतले बोलेका थिए । यस्तै रुपन्देहीको धकधईमा पूर्वमन्त्री अब्दुल रज्जाक, मझगावामा पूर्वसंसद प्रमोद यादव लगायतले बोलेका थिए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x