कर्णाली

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि प्रदेशसभाको अधिवेशन अन्त्य

इकागज |
मंसिर १६, २०७८ बिहीबार १२:५२ बजे

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको हो । 

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा आव्हान गरिएको हिउँदे अधिवेशन १५ मंसिर मध्यराति १२ बजेबाट  अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले १४ गते संसदमा विश्वासको मत मागेका थिए । उनले १५ गते विश्वासको मत लिएका थिए । हिउँदे अधिवेशनका दुईवटा अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सहभागी भएन । 


प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x