सुदूरपश्चिम

अपडेट

नौगाडमा पहिरो : एकको मृत्यु, दुईको जिवितै उद्धार

इकागज |
भदौ २५, २०७९ शनिबार ८:४२ बजे

दार्चुला- शुक्रबार रातिदेखि अविरल वर्षाका कारण दार्चुलाको नौगाड गाउँपालिकामा-१ सल्लामा खसेको पहिरोमा परेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी १३/१४ वर्षीय मदे ठगुन्ना मृत्यु भएको मृतकका काका भरत ठगुन्नाले बताए ।

मृतक मदेको शव पुरिएको अवस्थामा फेला परेको उनले बताए । शुक्रबार राति १ बजेतिर खसेको पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ ।


यस्तै पहिरोमा परेर सोही ठाउँकी अन्दाजी ३० वर्षीया किमडी ठगुन्ना बेपत्ता भएकी बताइएको छ । पहिरोले ७/८ वटा घर पुरेकाले क्षतिको विवरण आउँन बाँकी रहेको छ । लगातारको वर्षाले उद्धार कार्यमासमेत कठिनाइ भएको स्थानीयहरूले बताएका छन् । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको छ ।

र, यो पनि


Author

थप समाचार
x