स्थानीय सरकारका संस्थापकहरूसँग संवाद-३४
स्याउका सात लाख बिरुवा रोपेका छौँ, सहिद स्मृति आवासीय विद्यालय चलाएका छौँ
'दुर्गमको गाउँपालिकामा कर्मचारी बस्दै नबस्ने, अहिले पनि हामीले लेखापाल काजमा लिएर चलाएका छौँ'
भौगोलिक रूपमा विकट मानिने कालिकोटको पलाता गाउँपालिका नेपालका अति विकट र अल्पविकसित क्षेत्रमध्ये एक थियो, कुनै समय । स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका अध्यक्ष लक्ष्मण बम (पलाती कान्छा)ले पलातालाई सुगम बनाएका छन् । कर्णालीका ७९ वटा स्थानीय तहहरूमध्ये पलाता गाउँपालिका र पलाती कान्छाको काम चर्चाको अग्रस्थानमा छ । घरघरमा खानेपानीका धारा पुगेका छन् । पालिकाका दुई वडा–वडाबाहेक अन्य सबै वडा र टोलटोलमा सडक पुगेको छ । पालिकामै विद्युत् २५० किलोवाट विद्युत् उत्पादन गरेर निःशुल्क पलाता उज्यालो बनाएको अध्यक्ष लक्ष्मण बमको भनाइ छ । भोकमरी र सुख्खा क्षेत्र भनेर चिनिने पलाता गाउँपालिका नामले परिचित गाउँपालिका अहिले विकासमा लम्किँदै गरेको पालिकाको अग्रपंक्तिमा रहेको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम (पलाती कान्छा)सँग इकागजकर्मी जितेन्द्र थापाले गरेको संवाद :
पलाता गाउँपालिकाको पाँच वर्ष पहिले र पाँच वर्षपछिको पलातामा कत्तिको परिर्वतन र भिन्नता आयो ?
पलाता गाउँपालिकाको पहिले र अहिलेको अवस्था सामान्य रूपमा परिर्वतन देखिने नै भयो । संघीयता नआए पनि केही कुरा परिवर्तन देखिन्थ्यो होला भौगोलिक हिसाबले । त्यसमा पनि दश वर्षे जनयुद्धले ल्याएको व्यवस्था र एकद्वार प्रणालीबाट बजेट आउने प्रक्रिया बसेपछि । हिजोको विकासको गति र अहिलेको विकासको गति गुणात्मक हिसाबले र प्रतिशतका आधारमा ७० भन्दा धेरै गतिमा अगाडि बढेको छ । भौगोलिक रूपमा हिजो सडक जिरो पोइन्टबाट स्थानीय सरकारले अगाडि बढाइसकेपछि अहिले किलोमिटरका हिसाबले गाडी गुड्ने वातावरण सिर्जना भएको छ । हिजोको खानेपानीलगायत् विद्युत् यातायातको अवस्था एकदमै शून्य र दयनीय अवस्था थियो । त्यो अवस्था अहिले शिक्षा, स्वास्थ्य, खानेपानी भनेको स्वच्छ खानेपानी पिउनुपर्छ भन्ने किसिमको वातावरण अहिले सिर्जना भएको छ ।
स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंको कार्यकाल सकिँदै गर्दा आफ्नो पालिकाको खास पहिचान बनाउन के–के गर्नुभयो नि ? चार बुँदामा भन्दा ?
हामीले पलाता गाउँपालिकामा फरक तरिकाको स्वास्थ्यको क्षेत्रलाई हिजो पलाता गाउँपालिकामा सिटामोलको अभाव हुने गाउँपालिका हो । पिछडिएका र दुर्गमका स्थानीय तहमा नेपाल सरकारले स्वास्थ्य अस्पताल शिलान्यास गर्ने बेला हामीले आफ्नै लगानीमा अस्पताल सेवा उद्घाटन गरेर चिकित्सकसहितको सेवा दिइरहेका छौँ । अर्को कुरा शिक्षातिर एकदमै पिछडिएका दुर्गम बस्तीका कारणले गर्दा टाढा विद्यालय भएर पठनपाठनको पहुँचमा पुग्न नसकेका बालबालिका, बेसहारा, असहाय, टुहुरा र सडक बालबालिकाहरूका लागि हामीले सहिद स्मृति आवासीय विद्यालय सञ्चालन गरेर विद्यालयमा पढ्ने वातावरणदेखि उनीहरूको ग्यारेन्टीसहितको व्यवस्था गर्ने गरी सहिद स्मृति आवासीय विद्यालय सञ्चालन गरेका छौँ ।
दुर्गम गाउँपालिकामा सञ्चारको पहुँचबाट टाढा रहेको गाउँपालिकामा पलाता पहिलो गाउँपालिका हो । २०७५ सालमा आफ्नै लगानीमा रेडियो स्थापना गरेर नागरिकहरूलाई सञ्चारको पहुँचसम्म ल्यायौँ । कृषि उत्पादनको क्षेत्रमा पलाता गाउँपालिकाले अबको पाँच वर्षपछि, अबको पाँच वर्षभित्र ७० प्रतिशत नागरिकलाई रोजगारी हुने गरी छ, सात लाख स्याउका बिरुवा, आरु ओखर, नास्पाती जस्ता बिरुवाहरू वृक्षरोपण गरेर पकेट एरिया घोषणा गरेका छौँ । अहिले हुर्किरहेका छन् । उत्पादन हुन थालेपछि संकलन केन्द्र बनाउने, प्रशोधन गर्ने गरी हामीले त्यो अवधारणासहित रोजगारीको ग्यारेन्टी र आत्मनिर्भर बन्नका लागि उत्पादनतिर नागरिकलाई जोडेर अगाडि बढ्ने योजना बनाएका छौँ ।
दुर्गमको गाउँपालिकामा कर्मचारी बस्दै नबस्ने, अहिले पनि हामीले लेखापाल काजमा लिएर चलाएका छौँ ।
सामान्य शिक्षा, स्वास्थ्य, विद्युत्का कुरा अन्य सामाजिक कुराहरू प्रत्येक टोलमा सबैलाई पहुँच पुग्ने गरी स्वास्थ्य, सबैको घरमा विद्युत् र देशमा लोडसेडिङको मार बढेका बेला पलाता गाउँपालिकामा शुल्क नलिने गरी सबै नागरिकका रूपमा निःशुल्क र निरन्तर विद्युत् बल्ने गरी दुई सय पचास किलोवाट विद्युत् सञ्चालन गरेका छौँ । बाहिरबाट विद्युत् ल्याउनु नपर्ने उल्टै आवश्यकता परेमा एक सय किलोवाट विद्युत् हामी बाहिर दिन सक्ने गरी विद्युत् उत्पादन गरेका छौँ । कसैले आवश्यकता नठानेर विद्युत् बालेका छैनन् । नत्र भने सबैको ठाउँमा विद्युत् पुर्याएका छौँ ।
पलाता गाउँपालिकाको मुहार परिवर्तन गर्दै गर्दा आम अपेक्षा र अप्ठेराहरूलार्ई कसरी सम्बोधन गर्नुभयो ?
अपेक्षाहरू पूर्ण रूपमा सम्बोधन गर्न सकिँदैन । हिजो भगवान्को पालामा भगवान्ले पनि पूरा गर्न सकेका थिएनन् । अहिले हामीले सक्ने कुरा भएन । जनताका सीमित आशा र अपेक्षा छन् । हिजो १० वर्षे जनयुद्धमा युद्ध लड्दै गर्दा ठूलो आमुल परिर्वतनका सपनाले गर्दा पनि अहिले सबै कुरा पुर्याउन सक्ने अवस्था छैन । त्यसको आधारशिला हामीले खडा गरेका छौँ । त्यसले रोजगारीको कुरालाई पनि हामी बेरोजगारी भयौँ भनेर असन्तुष्टि प्रकट गर्नेका लागि अबको तीन–चार वर्षपछि रोजगारी सिर्जना हुने गरी हामीले जुन वातावरण सिर्जना गरेका छौँ त्यसले परिणाम नदिँदासम्म पूरा भएको ठानिनेवाला छैन । ट्रयाक खोलेको बाटोमा धुलो उडेको छ, त्यसलाई स्तरोन्नति गरेर कालोपत्रे नगरेसम्म त्यो सडक भएको मान्नेवाला छैनौँ । सररर बस नै नजाँदासम्म यातायातको सुविधा भयो होला भन्नेवाला छैन । पलाता गाउँपालिकामा निजी बोर्डिङ खारेज गरेर सामुदायिक विद्यालयहरूलाई गुणस्तरीय हुनुपर्छ भनेर अंग्रेजी मोडेलमा सञ्चालन गरेका छौँ । शिक्षामा निरन्तरता, पर्याप्त रूपमा भौतिक संरचना छन् । केही निर्माणाधीन अवस्थामा छन् । ३९ वटा पक्की भवनहरू निर्माण गरेका छौँ । केही भवन निर्माण गर्नुपर्ने छ । जुन मापदण्ड राखेर निर्माण गरेका छौँ । पाँच कक्षासम्म चलेका विद्यालयमा आठवटा कोठा हुनुपर्ने, दश कक्षासम्म चलेको विद्यालयमा १५ वटा कोठा हुनुपर्ने र १२ कक्षासम्म चलेको विद्यालयमा २० वटा कोठासहितको पक्की भवन हुनुपर्ने मापदण्ड राखेका छौँ । त्यो निर्माणाधीन अवस्थामा छ । त्यसको पूर्ण परिणाम आइसकेपछि पूरा संरचना निर्माण भएपश्चात् नागरिकले जब उपभोग गर्छ तब अपेक्षा पूरा भएको हुनेछ । यो पाँच वर्षको अवधि हामीले केही कुरा सिक्दै गयौँ । केही कुरा नीति नियम निर्माण गर्दै गयौँ । हामीले गर्ने सबै काम ठिक्क गरिरहेका छौँ । खेत रोप्नलाई ठिक्क बनाएर राखेका छौँ । आगामी वैशाख ३० मा हुने निर्वाचित जनप्रतिनिधिले रोपेमा धान फलेर फल दिने हो ।
चुनावी घोषणापत्रमा वाचा गरिएका प्रतिबद्धता कति पूरा भए, कति बाँकी रहे ?
म निर्वाचनमा होमिँदै गर्दा पलाता गाउँपालिकामा म निर्वाचनमा जानुपर्छ भन्ने चुनाव लड्नुपर्छ भन्ने योजना थिएन । म सहयोगीका रूपमा मात्र आएको थिएँ । विद्यार्थीको केन्द्रीय सचिवालय सदस्य भएपछि मेरो जिम्मेवारी पार्टीलाई चुनाव जिताउने जिम्मा भएपछि म पलाता गाउँपालिकामा आएको हुँ । र चान्सवश म लड्छु भनेर दाबी नगर्दा पनि साथीहरूले लडाउनुपर्छ भनेर मप्रति पार्टीले निर्णय गरेपछि चुनावमा होमिएँ । त्यो अन्तिम समय थियो । त्यो भएका हुनाले घोषणापत्र तयार गर्ने जनतासामु पुगेर विभिन्न सपना देखाउन मलाई फुर्सद थिएन । मैले त्यस्तो गर्न पाएको पनि थिएन । लेखेर पोस्टर छाप्ने वातावरण पनि भएन । निर्वाचन भएर निर्वाचित भइसकेपछि जनताले निर्वाचित गरेर सरकार सफल बनाउने शपथ खाने दिनमा मैले यहाँका जनतालाई सञ्चारको पहुँचमा, सडक, विद्युत्, खानेपानी, स्वास्थ्य, शिक्षाको पहुँचमा नागरिकलाई ल्याउँछु र आधारभूत जनजीविकाका लागि भूमिका खेल्नुपर्ने ठाउँमा मैले आधारशिलाहरू खडा गर्छु भनेको थिएँ । अहिले ती कुराहरूमा पूर्ण पर्याप्त भोलिका दिनमा रोजगारीको ग्यारेन्टी हुने गरी त्यो आधारशिला खडा गर्छु भनेर सुरुको शपथ ग्रहण गर्ने दिनमा निर्णय गरेका थिए । मेरो लागि त्यही नै प्रतिबद्धता हो । त्यो मैले नै पूरा गरेको छु । मेरो कार्यकालमा म सन्तोष छु । र गर्न चाहेर पनि गर्न नसकेका काम सबै वडाको टोलटोलमा सडक पुर्याउँछु भन्ने थियो । त्यो दुईवटा वडाहरूमा सडक पुग्न सकेन । त्यो मात्र बाँकी हो अरु पूरा गरेको छु । सबै जनतालाई सञ्चारको पहुँचमा पु¥याएँ । चिकित्सकसहितको व्यवस्था गरेर अस्पताल निर्माण गरियो । जुन चाहिँ दुर्गममा डाक्टर नै बस्दैनन् भन्ने जुन प्रभाव थियो त्यसलाई क्रस गरेर डाक्टर राखेर निरन्तर चिकित्सक सेवा दिलाइयो । शिक्षाको क्षेत्रमा पनि संरचनादेखि नीति निर्माणको कुरामा पनि निर्माण गरियो । रोजगारीका रूपमा पनि ननसेलरी र सेलरी दिएर काममा खटाएको छु ।
तपाईंको सरकारको आर्थिक प्रशासनिक कार्य प्रणली कस्तो बन्यो ? त्यसमा समस्या के के रहे ?
हामीले कानुनी व्यवस्थामा सबै कर्मचारीहरू पर्याप्त मात्रमा आन्तरिक कर्मचारीहरू राख्न नमिल्ने । लेखापाल, कार्यकारी, इन्जिनियरजस्ता राख्न नसक्ने र राज्यले पुर्याउन नसकेका कारण हामीले जति काम गर्यौँ । त्यस्को प्रोफाइलका आधारमा जस्तो प्रोफाइल हुनुपर्ने हो त्यो हिसाबले पनि परिपक्व र उत्कृष्ट हुन सक्ने वातावरण भएन । दुर्गमको गाउँपालिकामा कर्मचारी बस्दै नबस्ने अहिले पनि हामीले लेखापाल काजमा लिएर चलाएका छौँ । भेटेनरी डाक्टरलाई कार्यकारी बनाएर राखेका छौँ । त्यसो भएको हुनाले हाम्रा समस्या कार्य सम्पादनका हिसाबले कठिनाइ भयो । हामीले त्यो संकट भोगेकै छौँ र भोग्न परेको छ । कामको हिसाबमा हामीले जति गरेका थियौँ त्यो प्रमाणका आधारमा सजाएर राख्ने अवस्था भएन ।
संघ र प्रदेशबाट पाएको सहयोग असहयोगबारे तपाईंको धारणा के छ ?
संघीय सरकारले अनुदानको हिसाबले दिनुपर्ने भागबण्डाको रूपमा दिइरहेका छ त्यो पाएकै छौँ । त्यसबाट थप अनुदान जुन आउनुपर्ने हो र हिजो जस्तो थियो दुर्गम पलाता गाउँपालिकालाई हेरिनथ्यो अहिले पनि त्यस्तै रह्यो विशेष, समपूरक र अन्य अनुदान शून्य नै रह्यो । तर प्रदेश सरकारलाई संघ सरकारले भागबण्डा गरेर दिएको दिएको २४÷२५ करोड पलाता गाउँपालिकामा आउँथ्यो । प्रदेश सरकारले दिएकै कारण आज पलाता गाउँपालिकाको हामीले विकास ग¥यौँ । प्रदेश सरकारको पलाता गाउँपालिकालाई भरपुर र थेग्न सक्ने जति सहयोग भयो ।
पुनः अध्यक्ष भएर आउने योजना छ वा छैन ?
आउँदो निर्वाचनमा म आफैँ पनि नदोहोरिने र पार्टीसमक्ष पनि यो कुरा राखेको छु । आफैँ पनि नदोहोरिने भन्ने छ । त्यसका पनि आफ्नै कारण छन् । म थाकेको भने होइन । मैले सरकार सञ्चालन गर्दै गर्दा पार्टीभित्रका साथीहरूले पनि अभिभावकको भूमिका निर्वाह गर्न सक्नुभएन । सत्तापक्षका रूपमा सहयोगी भूमिका निर्वाह गर्न सक्नुभएन । प्रतिपक्षले पनि गतिलो र विरोधका नाममा विरोध रचनात्मक विरोध नभएर ध्वंसात्मक विरोध गर्ने रचनात्मक विरोध कहिलेकाहीँ गर्न सक्नुभएन । त्यसो भएको हुनाले पाँच वर्ष मेरा बाँकी रहेका अथवा मैले जनताका अपेक्षा पूरा गर्नुपर्ने र सरकारको जिम्मेवारी समालेका बेला मैले पूरा गर्नुपर्ने काम सरकारमा बसेर मात्र भएन साथीहरूले ध्वंसात्मक हिसाबले मात्र गए अब त्यस्तो व्यक्तिलाई सरकारमा लिने र रचनात्मक रूपमा सल्लाह सुझाव दिएर बाँकी रहेका काम पूरा गर्न उनीहरूलाई सही ढङ्गले अभिभावकत्वको भूमिका निर्वाह गर्छु । सकारात्मक सोचका साथ हिँडायो भने सरकार सफल हुन सक्छ । जनताले चाहेका इच्छा आकांक्षा पूरा हुन्छन् भनेर सरकारमा नजाने निर्णय गरेको छु ।
पालिका अध्यक्ष भएको हैसियतले आफैँले मूल्याङ्कन गर्दा १० अङ्कमा कति अङ्क दिनुहुन्छ ?
निर्णायकले आफै मूल्याङ्कन गर्दा त्यो हुनै मिल्दैन थियो । नमिल्ने कुरा हो । त्यो मूल्याङ्कन त बाहिरबाट हुने कुरा हो । आफैँले मूल्याङ्कन गर्न राम्रो हुँदैन भन्ने नै हो । आफूले गरेको कामको म आफैँ मूल्याङ्कन गर्न सक्दैन यो जिम्मा जनतालाई दिन्छु ।
मेरो कार्यकाललाई म १० मा ७ दिन्छु ।
संवाद शृंखला- ३२ : मैले योजना ल्याउन मन्त्री र सांसद चिन्नुपर्ने त हैन होला ?
संवाद शृंखला- ३२ : म आफूलाई १० मा १० अङ्क दिन्छु
संवाद शृंखला- ३१ : कान्छी उप-प्रमुख चौधरीको अनुभव : विपक्षीले नगरपालिका भवनसमेत बनाउन दिएनन्
संवाद शृंखला- ३० : पालिका चलाउन २६ वटा ऐन-कानुन बनाएका छौँ
संवाद शृंखला- २९ : संघ र प्रदेश दुवैले अवरोध पुर्याए
संवाद शृंखला- २८ : निर्वाचनअघि महिलाले काम गर्न सक्छन् र भन्थे, गरेर देखाएँ
संवाद शृंखला- २७ : हामीले १ अर्ब २० करोड वैदेशिक अनुदान स्वीकार गरेनौँ
संवाद शृंखला- २६ : सिंहदरबार गाउँमा पुग्यो, जनताको घर-आँगनमा पुगेन
संवाद शृंखला- २५ : पाँच वर्षको उपलब्धि : श्रीलंका टापुमा बत्ती बल्यो, कोशीमा डुंगा चल्यो
संवाद शृंखला- २४ : देवदहमा जनताले अनुभूति गर्ने गरी काम गरेको छु
संवाद शृंखला- २३ : संघले प्रदेशलाई, प्रदेशले स्थानीयलाई हेपेका छन्
संवाद शृंखला- २२ : तेस्रो लिङ्गीलाई भत्ता, सासू-ससुराको आदर गर्नेलाई पुरस्कार
संवाद शृंखला- २१ : बुटवलमा चुनावी घोषणापत्रभन्दा बढी काम भए
संवाद शृंखला- २० : पालिकामध्ये देशभरमै पछि छौँ, शिक्षा र रोजगारी प्राथमिकता छ
संवाद शृंखला- १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल गरायौं
संवाद शृंखला- १८ : संघीय सरकारले २० वर्षसम्म गर्न नसकेका काम पाँच वर्षमा भएका छन्
संवाद शृंखला- १७ : स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो छ
संवाद शृंखला- १६ : हाम्रो तिलोत्तमा देशकै नमुना नगर बन्यो
संवाद शृंखला- १५ : दश पूर्णाङ्कमा म आफूलाई पचास प्रतिशतभन्दा माथि अंक दिन्छु
संवाद शृंखला- १४ : हातखुट्टा बाँधेर अगाडि चौरासी व्यञ्जन राखिदिएजस्तो भयो
संवाद शृंखला- १३ : हाम्रो गाउँपालिकामा दुःखीहरू धेरै भएको हुँदा करमुक्त बनायौँ
संवाद शृंखला- १२ : धनकुटा नगरबासीलाई सन्तुष्ट बनाएको छु
संवाद शृंखला- ११ : पालिका प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु
संवाद शृंखला- १० : गाडी सुविधा कसैले लिएनौँ, त्यो पैसाले दमकल र एम्बुलेन्स किन्यौँ
संवाद शृंखला- ९ : संघ र प्रदेशबाट सहयोगभन्दा असहयोग नै बढी पाएको छु
संवाद शृंखला- ८ : प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्यौँ
संवाद शृंखला- ७ : तुलसीपुरका लागि गएको पाँच वर्ष स्वर्णिम काल हो
संवाद शृंखला- ६ : संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ
संवाद शृंखला- ५ : गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ
संवाद शृंखला- ४ : भोट दिएर जिताएको त हो नि भन्दै यहाँका जनता कर नै तिर्दैनन्
संवाद शृंखला- ३ : म आफ्नो कार्यकाललाई १० मा ७ अंक दिन्छु
संवाद शृंखला- २ : संघीयता देशले थेग्न सक्दैन भन्ने कुरा गलत हो
संवाद शृंखला- १ : संघ र प्रदेशले सहयोग नै गरेनन्
AUTHOR
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया