स्थानीय सरकारसँग संवाद

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद शृंखला- ३२

म आफूलाई १० मा १० अङ्क दिन्छु

जितेन्द्र थापा |
चैत १४, २०७८ सोमबार १७:३६ बजे

चारवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको दैलेख जिल्लाको एक हो, ठाटीकाँध गाउँपालिका । विकासका दृष्टिकोणमा यो पालिका अहिले पनि अन्य स्थानीय तहको तुलनामा पछाडि नै छ । स्थानीय तह नहुनु पहिले भन्दा केही परिर्वतन भए तापनि नागरिक सन्तुष्ट देखिँदैनन् । जनताका समस्या केही हदसम्म पूरा भए पनि अन्य समस्या भने ज्युँका त्युँ छन् । स्थानीय सरकार जनताको जीवनस्तर उकास्न महत्वपूर्ण मानिएको थियो तर अझै पनि आशा लाग्ने गरी जनताको जीवनले फड्को मार्न सकेको छैन । यही सन्दर्भमा रहेर ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीसँग इकागजकर्मी जितेन्द्र थापाले गरेको संवाद: 

मुलुक संघीयतामा गएपछि गाउँगाउँमा सिंहदरबार पुग्यो भनियो, सिंहदरबार साँच्चिकै गाउँगाउँमा पुगेको हो ? 
सिंहदरबारभन्दा पनि तीनवटा तहको एउटा सरकार निर्माण भयो । स्थानीय तहका रूपमा विकास गर्ने भनेर संघले अवधारणा ल्यायो । त्यहीअनुसार निर्वाचन भएपछि २०७४ सालमा आफैँले कानुन बनाएर विकास निर्माणका कुरादेखि जनतालाई दिने सेवाहरूबारे अवधारणासहितको काम गर्‍याैँ । जतिबेला २०७४ साल पहिले जनताका समस्या अनुभूत नहुने खालका थिए त्यसपछि जनतालाई अनुभूत हुने गरी काम गरेका छौँ । राज्यले गर्नुपर्ने काम यस्तो हुने रहेछ भन्ने मान्छेलाई महसुस हुने गरी काम गरेका छौँ । 


मुलकले संघीयता थेग्न सक्दैन भन्ने पनि आवाज उठ्छ, संस्थापक अध्यक्ष भएकाले के भन्नुहुन्छ ? 
संघीयता थेग्न नसक्ने भन्ने हुँदैन । थेग्छ नै । यसलाई बरु व्यवस्थित गरेर लैजानुपर्छ । सबैले जिम्मेवार र व्यवस्थित ढंगबाट जाने हो भने समस्या हो भन्ने लाग्दैन । अहिले मान्छेले विभिन्न विषयमा कुरा गरेर थेग्न सक्दैन भन्ने हल्ला मात्र हो । थेग्न सकिँदैन भन्ने कुरा त गरिन्छ, यस्ता कुरा भनेका मनोगतवादीहरूले भनेका हुन । यथार्थ रूपमा हेर्ने हो भने यसलाई ध्यान दिएर देशलाई व्यवस्थित गर्ने कुरामा यसका संरचनाहरूलाई जिम्मेवार रूपमा कार्यान्वयन गर्न आवश्यक छ । अहिले संघीय सरकारले गरेको काम र प्रदेश सरकारले गरेको कामलाई अझ व्यवस्थित गरेर लैजानुपर्छ । जसरी संघीय सरकारको हिजोबाट अनुभूत भएका काम छन् त्यसरी प्रदेश सरकारले गरेको जस्तो लाग्दैन । त्यत्तिकै जिम्मेवारी वहन गरेन र त्यहाँ पुग्ने नेतृत्वले अनुभूत गराउनुपर्ने कुरा अनुभूत गराउन सकिरहेको छैन । र त्यसरी अनुभूति हुने गरी काम गर्न सकेमा अप्ठेरो हुनुपर्ने वातावरण होइन । अनि संघीयता थेग्नै नसकिने भन्ने होइन । जसरी जिम्मेवार रूपमा सबै सरकार जिम्मेवार हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । किन त भन्दा यो नयाँ अभ्यास हो । नयाँ अभ्यासमा यस्ता क्रियाकलाप हुन्छन् । मानिसहरू विभिन्न किसिमका कुरा गर्छन् । अहिले देशमा अनावश्यक कुराहरू गर्ने मानिस छन् । उनीहरूले विभिन्न किसिमका अफवाह फैलाउँछन् । तर संघीयता थेग्न नसकिने भन्ने होइन । 

तपाईंको कार्यकालमा गाउँपालिकावासीले स्थानीय तहको अनुभूति गर्न पाए कि पाएनन् ? 
लामो समयदेखि नेपालमा मानिसहरूलाई विकास निर्माणका कुराहरू र आफ्ना चाहनाहरू थिए । पञ्चायत कालमा विकास निर्माणका कामहरू हुन सकेका थिएनन् । यस्तो किसिमले स्थानीय तहका कामहरू हुन सकिरहेका थिएनन् । २०४७ साल पछि पनि अधिकारका रूपमा अधिकार पाए । तर विकास निर्माणका कुराहरूमा त्यसपछि हुनुपर्ने जनताका सेवासुविधाका कुरामा जस्तो हुनुपर्ने थियो त्यस्तो हुन सकेकोे थिएन । र पहिलेका स्थानीय तहले अनुभूत गराउन सक्ने वातावरण पनि थिएन । र उनीहरूसँग अधिकार पनि थिएन । त्यसपछि २०५१ सालमा मनमहन अधिकारीको सरकार आएपछि केही अनुभूत हुने कुरा भएका थिए । लामो समयसम्म नेपाली कांग्रेसको सरकार भएका बेला जसरी तलका स्थानीय तहलाई अनुदान दिनुपथ्र्यो । बजेट विनियोजन गर्नुपथ्र्यो त्यो हुन सकेको थिएन । २०६२÷०६३ को आन्दोलनपछि नयाँ बनेको संविधानमा एक किसिमको संरचना तयार भयो र २०७४ सालमा निर्वाचनमा गएर हामीले काम गर्‍यौँ । जति मान्छेहरूका चाहना थिए आवश्यकता थिए ती सबै पूरा गर्न नसके पनि आधारभूत आवश्यकताहरूमा हामीले काम गरेका छौँ । त्यसै गरी ठाटीकाँध गाउँपालिकावासीले पनि गाउँपालिकाको अनुभूति गर्न पाएका छन् । जस्तै पहिले ठाटीकाँध गाउँपालिकामा २० किलोमिटर त्यो पनि ४÷५ मिटर बनेको थियो भने अहिले १६० किलोमिटर सडक पुगेको छ । टोलटोलमा सडक पुगेको छ । हिजो यहाँका जनताहरू बिरामी हुँदा डोकोमा बोकेर लैजानुपर्ने समस्या थियो । अहिले त्यो समस्या हटेको छ । यस्ता कुरालाई काम नै नभएको भन्ने हुँदैन । हिजो हाम्रो तीन ठाउँमा मात्र स्वास्थ्य संस्था थिए भने आज सातवटा ठाउँमा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गरेका छौँ । जति काम गर्नुपथ्र्यो त्यति काम गर्न सकिएको छैन । हिजोभन्दा आज धेरै फरक बनेको छ ठाटीकाँध । 

तपाईंको कार्यकाल सकिदै गर्दा वास्तविक गाउँपालिका बनाउन के गर्नुभयो ? 
ठाटीकाँध गाउँपालिकालाई वास्तविक गाउँपालिका बनाउन सडक, शिक्षा, स्वास्थ्यमा थुप्रै काम भएका छन् । सडकमा मैले टेक्निकल कुरा गर्दा अनौठो मान्लान् । सडक प्राविधिक हिसाबले दुर्घटना नहुने ग्रेड मिलेका सडक बनाएका छौँ । मापदण्ड पुर्‍याएर बनाएका छौँ । दीर्घकालीन योजनाका साथ तयार पारेका छौँ । खानेपानीका संरचना बनेका छन् । पालिकाभित्र ३९ वटा विद्यालय थिए । शिक्षक दरबन्दी नभएका गाउँपालिका भनेको हाम्रो ठाटीकाँधमै हुन् । विद्यार्थी अनुपातमा हामीले शिक्षक दरबन्दीको व्यवस्था गरेर अनुदानका रूपमा ठूलो खर्च हुन्छ । एक वर्षमा अनुदानकै रूपमा एक वर्षमा साढे चार करोड खर्च हुन्छ । गएको वर्षबाट हाम्रो नौ वटा विद्यालय बाँकी थिए । स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रूपमा यो वर्षबाट भवन बन्दै छन् । छवटा वडा रहेको यहाँ आठवटा स्वास्थ्य सेवा बनाएर सेवा दिएका छौँ । यी र यस्ता थुप्रै विकास गरेका छौँ । सबै वडामा सडक पुग्दा सबैलाई सहज भएको छ । पत्येक मानिसहरूलाई समूहमा जोडेर कृषकको जीवनस्तर सुधार गर्ने गरी काम अघि बढाएका छौँ । त्यसपछि ३३ वटा वनलाई व्यवस्थित गर्ने गरी अघि बढेका छन् । यहाँका मानिसहरूको जीवनस्तर सुधारमा एक किसिमको आधारभूत कुराहरू गरेका छौँ । 

चुनावी घोषणापत्रमा उल्लेख गरेका तपाईंका पाँचवटा बुँदा के थिए कति पूरा भए ? 
पाँचवटामध्ये एउटा शिक्षा थियो । शिक्षाका भवन थिएनन् । भवन निर्माण र शिक्षक व्यवस्थापन गर्ने काम गरेका छौँ । अर्को स्वास्थ्य भनेको थियौँ । पालिकाका सबै वडामा स्वास्थ्य संस्था पुगेका छन् । अर्को ठाटीकाँध डाँडामा १५ शय्याको एउटा सानदार भवन बन्दै छ । ५० बेडको आइसोलेसन भवन बनाउदै छौँ । यी र यस्ता किसिमका काम भएका छन् । अर्को यातायातमा सबैभन्दा समस्या रहेका सडक थियो । सडक समस्याका अन्त्य गर्दै सडक बनाएका छौँ । खानेपानी, वन व्यवस्थापनका कुरा थिए ती पनि पूरा गरेका छौँ । वनलाई पूर्ण रूपमा सुधार गर्न सकेका त छैनौँ तर पनि धेरै काम भएका छन् । हिजो हामीले वाचा गरेका बत्तीका कुरा थिए बत्तीको काम पनि भइरहेको छ । 

चुनावका बेला घोषणापत्रको १२ बुँदामा मटेला हुँदै माझखर्क, गैरागाउँ आग्र केबलकार जोड्ने सपना देखाएर आधारभूत आवश्यकता पूरा भएनन् भन्ने नागरिकको गुनासो छ नि ? 
तपाईंले भनेको कुरा सही हो । गर्ने के हो भने मान्छेले एउटा सपना देखाउने उद्देश्य राख्ने हो । सपना देख्ने हो । मान्छेलाई सपना देखाउने र महत्वाकांक्षी हुनैपर्छ । हामी महत्वाकांक्षीकै रूपमा अगाडि बढ्यौँ र काम गर्‍यौँ । कामहरूको अहिले नै पूरा हुने अवस्था होइन । यी र यस्ता सम्भावना छन् र यिनलाई पनि बनाउन सकिन्छ भनेर यी केबलकारका सपना देखाएको हो । तर, त्यो सपना पूरा हुन सकेन । सबै कुराहरू सबै परिस्थिति नमिलेको खण्डमा बन्न पनि सक्दैनन् । खानेपानी भनेको यस्तो हो बन्न सकेन भन्ने होइन । व्यवस्थित गर्ने कुरा गरिरहेका छौँ । काम भइरहेको छ । 

तपाईं ठाटीकाँधको अध्यक्ष भएर केके काम गर्न सकिएनन् ? 
म ठाटीकाँध गाउँपालिका अध्यक्ष भएर गर्न नसकेका काम भनेको कृषिमा एक किसिमको अर्गानिक बनाएर अगाडि लैजाने कृषिलाई गाउँपालिकाको कृषि उत्पादनलाई ठूलो कृषि हबका रूपमा अगाडि बढाउने र अर्गानिक बनाउने सोचेका थियौँ त्यो भएन । अर्गानिक बनाउने कुरामा हाम्रो यहाँ विषादी, रासायनिक मलहरू प्रयोग गर्न दिएका छैनौँ र दिदैनौँ । तर किसानहरूलाई जसरी कृषि क्षेत्रमा सहयोग गर्नुपर्ने थियो त्यो गर्न सकेनौँ । यो वास्तवमा यसो नगरेसम्म किसानको जीवनस्तरमा सुधार हुन सक्दैन । १४० किलोमिटर सडक हामीले गर्‍यौँ । जुन प्रदेश सरकारले बनाउनुपर्ने थियो । ठूला ठूला खानेपानी योजना प्रदेश सरकारले गर्नुपर्ने काम हामीले पालिकाबाट गर्‍यौँ । 

गाउँपालिका अध्यक्ष भएर काम गर्दै गर्दा के–कस्ता अवरोध झेल्नुपर्‍यो ? 
म ठाटीकाँध गाउँपालिकाको अध्यक्ष हुँदै गर्दा काम गर्ने क्रममा अवरोध त भन्दिनँ । तर चेतना स्तरले मलाई सहयोग नै भएको छ । सहयोग गर्ने कुरामा यहाँका नागरिक लगायत सबैबाट सहयोग नै भएको छ । मेरो पार्टी नेकपा एमालेबाट ठाटीकाँध गाउँपालिका अध्यक्ष हुँदै गर्दा यहाँका नेपाली कांग्रेसका साथीहरू, नेपाल मजदुर किसान पार्टी नेकपा माओवादीका साथीहरूले सहयोग नै गर्नुभएको छ । मलाई त्यस्तो किसिमको असहयोग गरेको भन्ने लाग्दैन सहयोग नै भयो । सबैले सहयोग विश्वास गर्नुभएको छ । तर यो चेतना स्तर कति छ कति बुझेका छन्, यो दाँजोमा हामीले हेर्ने हो भने चेतनास्तर वृद्धि हुन सकेको छैन । विभिन्न किसिमका समस्या छन् । असहयोग भन्ने महसुस नै भएन । 

तपाईं गाउँपालिकाको अध्यक्ष भएको हैसियतले १० अङ्क कति अङ्क दिनुहुन्छ ? 
म ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भएको हैसियतले आफूले आफैँलाई १० अङ्कमा १० नै दिन्छु । 

 

संवाद शृंखला- ३१ : कान्छी उप-प्रमुख चौधरीको अनुभव : विपक्षीले नगरपालिका भवनसमेत बनाउन दिएनन्

संवाद शृंखला- ३० : पालिका चलाउन २६ वटा ऐन-कानुन बनाएका छौँ

संवाद शृंखला- २९ : संघ र प्रदेश दुवैले अवरोध पुर्‍याए

संवाद शृंखला- २८ : निर्वाचनअघि महिलाले काम गर्न सक्छन् र भन्थे, गरेर देखाएँ

संवाद शृंखला- २७ : हामीले १ अर्ब २० करोड वैदेशिक अनुदान स्वीकार गरेनौँ

संवाद शृंखला- २६ :  सिंहदरबार गाउँमा पुग्‍यो, जनताको घर-आँगनमा पुगेन

संवाद शृंखला- २५ :  पाँच वर्षको उपलब्धि : श्रीलंका टापुमा बत्ती बल्यो, कोशीमा डुंगा चल्‍यो

संवाद शृंखला- २४ : देवदहमा जनताले अनुभूति गर्ने गरी काम गरेको छु

संवाद शृंखला- २३ : संघले प्रदेशलाई, प्रदेशले स्थानीयलाई हेपेका छन्

संवाद शृंखला- २२ : तेस्रो लिङ्गीलाई भत्ता, सासू-ससुराको आदर गर्नेलाई पुरस्कार

संवाद शृंखला- २१ : बुटवलमा चुनावी घोषणापत्रभन्दा बढी काम भए

संवाद शृंखला- २० : पालिकामध्ये देशभरमै पछि छौँ, शिक्षा र रोजगारी प्राथमिकता छ

संवाद शृंखला- १९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सफल गरायौं

संवाद शृंखला- १८ : संघीय सरकारले २० वर्षसम्म गर्न नसकेका काम पाँच वर्षमा भएका छन्

संवाद शृंखला- १७ : स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो छ

संवाद शृंखला- १६ : हाम्रो तिलोत्तमा देशकै नमुना नगर बन्यो

संवाद शृंखला- १५ : दश पूर्णाङ्कमा म आफूलाई पचास प्रतिशतभन्दा माथि अंक दिन्छु

संवाद शृंखला- १४ : हातखुट्टा बाँधेर अगाडि चौरासी व्यञ्जन राखिदिएजस्तो भयो

संवाद शृंखला- १३ : हाम्रो गाउँपालिकामा दुःखीहरू धेरै भएको हुँदा करमुक्त बनायौँ

संवाद शृंखला- १२ : धनकुटा नगरबासीलाई सन्तुष्ट बनाएको छु

संवाद शृंखला- ११ : पालिका प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु

संवाद शृंखला- १० : गाडी सुविधा कसैले लिएनौँ, त्यो पैसाले दमकल र एम्बुलेन्स किन्यौँ

संवाद शृंखला- ९ : संघ र प्रदेशबाट सहयोगभन्दा असहयोग नै बढी पाएको छु

संवाद शृंखला- ८ : प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्‍यौँ

संवाद शृंखला- ७ : तुलसीपुरका लागि गएको पाँच वर्ष स्वर्णिम काल हो

संवाद शृंखला- ६ : संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ

संवाद शृंखला- ५ : गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ

संवाद शृंखला- ४ : भोट दिएर जिताएको त हो नि भन्दै यहाँका जनता कर नै तिर्दैनन्

संवाद शृंखला- ३ : म आफ्नो कार्यकाललाई १० मा ७ अंक दिन्छु

संवाद शृंखला- २ : संघीयता देशले थेग्‍न सक्दैन भन्‍ने कुरा गलत हो

संवाद शृंखला- १ : संघ र प्रदेशले सहयोग नै गरेनन्


Author

थप समाचार
x