डिफेन्स

‘एकीकरण पदमार्ग’मा सेनाको पदयात्रा

इकागज |
चैत १, २०७७ आइतबार ७:४९ बजे

काभ्रे : नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई ‘एकीकरण पदमार्ग’ नामाकरण गरेको छ । नामाकरणपछि शनिबार पदयात्रा पनि गरिएको छ । पदयात्रा कार्यक्रमको प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । 

प्रधानसेनापति थापा र धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले संयुक्तरूपमा आजै धुलिखेलस्थित पर्यटकीय देवीस्थानडाँडामा निर्मित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकद शालिकको अनावरण गरी झण्डोत्तोलन गरेका थिए । नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई प्रवद्र्धन गरी ‘ट्रेकिङ ट्रेल’का रूपमा विकसित गर्ने योजनाका साथ पहिलो चरणमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको गणपति मिलन थापाले बताए । 


थापाका अनुसार पदयात्रा धुलिखेलस्थित ब्यारेकबाट सुरु भई देवीस्थान (काभ्रे–कोट) हुँदै शारदाबतासे, चौकोटबाट ऐतिहासिक नगरी पनौतीस्थित इन्द्रश्वर महादेव मन्दिरमा समापन गरिएको हो । गणले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरी एउटा पदमार्गमा पदयात्रा कार्यक्रमको आयोजना गरिएको गणपति थापाले जानकारी दिए ।

गत वर्ष धुलिखेलस्थित तत्कालीन विष्णुदल गणले ‘भ्रमण वर्ष-२०२०’ लक्षित ‘युनिफिकेशन ट्रेकिङ ट्रेल’ प्रवर्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो ।
 


Author

थप समाचार
x