सेयर

अपर हेवाखोला हाइड्रोपावर आईपीओ आजदेखि बिक्री खुला

इकागज |
जेठ १०, २०७९ मंगलबार १३:१७ बजे

काठमाडौंँ- अपर हेवाखोला हाइड्रोपावर कम्पनीले आजदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले संखुवासभाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि ५ लाख कित्ता सेयर निष्काशन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ५ लाख र बाँकी १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन हुने छ। सेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। आईपीओमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।


नेपाल धितोपत्र बोर्डले बैशाख २२ गते बिहिबार कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ ।

 


Author

थप समाचार
x