सेयर

साताको पहिलो कारोबारमा ३१.९७ अंकले घट्यो सेयर बजार

इकागज |
मंसिर २५, २०७९ आइतबार १५:४६ बजे

फाइल तस्वीर

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ३२ अंकले गिरावट आएको छ। साताको पहिलो कारोबारमा बजार परिसूचक ३१.९७ अंकले घटेको हो ।  आइतबार ३१.९७ अंकले घट्दा समग्र बजार मापक परिसूचक १८८५.३१ विन्दुुमा झरेको छ । आज १.६७ प्रतिशतको गिरावट हुँदा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.६८ प्रतिशतले घटेको छ । 

आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै कारोबार भएका कुल २५३ सूचीकृत धितोपत्रको २४ हजार ६४४ वटा कारोबारमा ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ ।


यस दिन सबै उपसूचकहरु घटेका छन् । जसमा सबैभन्दा धेरै गिरावट बैंकिङ उपसूचकको देखिएको छ । जसको असर समग्र बजारमा देखिएको छ । बैंकिङ उपसूचक २.३० प्रतिशतले घटेको छ ।

यस्तै सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसको मूल्य १६९.८० रुपैयाँले बढेर १८६८ रुपैयाँ पुगेको छ । यसबाहेक समिट लघुवित्त वित्तीय संस्था, मैलुङखोला जलविद्युत कम्पनीको मूल्य क्रमशः ९.९९ र ९.५० प्रतिशतले बढेको छ ।

आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा भने नेडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । पाँचथर पावर कम्पनीको ६.९७ प्रतिशतले मूल्य घट्दा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले ५.७४ प्रतिशतको घाटा बेहोरेका छन् । आइतबार शिवम् सिमेन्ट, नविल बैंक, हिमालय डिष्ट्रिलरीलगायत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।


Author

थप समाचार
x