सेयर

सेयर बजार ३.८१ अंकले घट्याे

इकागज |
फागुन १६, २०७९ मंगलबार १६:४ बजे

काठमाडौं । साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ अङ्कले घटेर ३८१.९३ विन्दुमा पुगेको छ।

यसैगरी सोमबार पनि सेयर बजार घटेको थियो । सोही दिन नेप्से परिसुचकमा ३.६५ अंकले ओरालो लागेको र एक अर्ब ८९ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको थियो । 


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब रुपैयाँ ३८ करोड रुपैयाँ भन्दाबढीको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आज ७ करोड ५५ लाख भन्दाबढीको कारोबार भएको छ। यसैगरी शिवम सिमेन्टको ६ करोड ५० लाख भन्दाबढीको कारोबार भएको छ ।

मंगलबार उपसुचकहरु मध्ये ४ कम्पनी बाहेक सबै कम्पनीहरुमा ओरालो लागेको छ।

आजको आदिखोला लघुवित्त वित्तिय संस्था, आदर्श लघुवित्त वित्तिय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् । 
 


Author

थप समाचार
x