सेयर

सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनस सेयर घोषणा

इकागज |
फागुन १७, २०७९ बुधबार १५:२ बजे

काठमाडौं- सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर घोषणा वितरण गर्ने भएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/८० को नाफाबाट सेयर धनीहरूलाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 


साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज प्रक्रियामा गएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट २०७८ चैत १२ गतेबाट एकीकृत कारोबार गरेको थियो ।

कम्पनीका अनुसार २ वर्षसम्म लाभांशमा कर छुट हुने र कर प्रयोजनका लागि कर बापतको नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ ।


Author

थप समाचार
x