सेयर

सेयर बजार ५० अंकले वृद्धि

इकागज |
फागुन २५, २०७९ बिहीबार १५:४३ बजे

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५०.०४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २.५६ प्रतिशतले उकालो लागेको हो ।

बिहीबार ५०.०४ अंकले उकालो लागेर सेयर बजार २००२.७० बिन्दुमा रोकिएको हो । यस्तै, सेन्सेटिभ इन्डेक्सम ९.२७ अकले वृद्धि भइ ३७९.५० बिन्दुमा आएको छ । ४५ लाख ६६  हजार  ४३ कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ५६  करोड ५५ लाख बढीको कारोबार भएको छ ।


शिभम् पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको ९ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीहरूले सर्वाधिक कमाएका छन् ।

यता,  शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यसको ७ करोड ८५ लाख भन्दा माथिको कारोबार भएको छ । यता हिमालय डिस्ट्रिलरीको ५ करोड ७३ लाख बढीको कारोबार भएको छ ।

बिहीबार सबै उपसूचकहरूमा उकालो लागेको छ ।
 


Author

थप समाचार
x