सेयर

सेयर बजारमा हरियाली

इकागज |
चैत ६, २०७९ सोमबार १६:२० बजे

फाइल फोटो

काठमाडौं - साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से सूचकमा २२.६५ अंकले उकालो लागि १९४९.०६ विन्दुमा आएर रोकिएको छ । 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २ं.९७ अङ्कले बढेर ३६६.५० विन्दुमा पुगेको छ ।


आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । यसको ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआइसि एसियाको ६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ । 

यता आज सबै उपसुचकहरुमा उकालो लागेको छ । उक्त उपसुचकहरु मध्ये ट्रेडिङ सुचकको ३.६४ प्रतिशत, होटल तथा पर्यटन र हाइड्रोपावर सुचक २ प्रतिशतले उकालो लागेको छ ।

आजको कारोबारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ । यस कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन् । 


Author

थप समाचार
x