सेयर

साताको दोस्रो दिन पनि पुँजी बजारमा गिरावट

इकागज |
चैत २०, २०७९ सोमबार १६:१६ बजे

काठमाडौँ- यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजी बजारमा गिरावट देखिएको छ । 

आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको छ । नेप्सेका अनुसार आज दुई सय ६० कम्पनीका २८ लाख २९ हजार चार सय २६ कित्ता सेयर  रू ९२ करोड दुई लाख ४९ हजारमा  कारोबार भएको छ । 
 
आज व्यापार समूह २५ दशमलव २२ अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय तीन दशमलव ३७ र बीमा समूह ४८ दशमलव ०४ अङ्कले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव चार, विकास बैंक समूह ३४ दशमलव ३६, वित्त समूह १२ दशमलव ६५, होटल तथा पर्यटन समूह १७ दशमलव ७८ र जलविद्युत् समूह ३२ दशमलव ६४ अङ्कले घटेको छ । 


लगानी समूह शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन समूह ४५ दशमलव ४०, लघुवित्त समूह ३८ दशमलव ९९, लघुवित्त समूह ३९ दशमलव २५, म्युचुअल फन्ड समूह शून्य दशमलव १२ र अन्य समूह आठ अङ्कले घनेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्योटेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डिबेन्चर २०८७ को मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै रु तीन करोड ६२ लाख ७९ हजार बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याको आधारमा ग्लोबल आईएमई बैंक लिमिटेडको सबैभन्दा धेरै एक लाख ४० हजार छ सय ४७ कित्ता सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x