सेयर

नेप्से परिसूचक ८.१० अंकले वृद्धि

इकागज |
जेठ ८, २०८० सोमबार १६:३५ बजे

काठमाडौँ- साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आइतबार ५ अंकले वृद्धि भएको नेप्से सोमबार पनि सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ । आइतबार १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।


नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ उपसमूहको परिसूचक बढेको छ । त्यस्तै २ उपसमूहको परिसूचक भने घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूह परिसूचक २.४४ प्रतिशत र  होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५२ प्रतिशतले बढेको छ । तर, यता व्यापार ०.९९ प्रतिशत र बैंकिङ उपसमूहकोे परिसूचक ०.०२ प्रतिशतले घटेको छ । 

नेप्से परिसूचक बढेसँगै सोमबार एक कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, युनिलिभर नेपालको शेयरमूल्य ७.०१ प्रतिशत र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ ।

तर, यता ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । सोमबार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
 


Author

थप समाचार
x