सेयर

सेयर बजारमा झिनो अंकको सुधार

इकागज |
जेठ २९, २०८० सोमबार १६:५६ बजे

फाइल फोटो

काठमाडाैं - साताको दोस्रो  दिन साेमबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७‍.८७ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । साेमबार सेयर बजारमा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच हुँदा पौने ३ अर्बको कारोबार भएको हो ।


नेप्सेमा रहेका १३ उपसूचकमध्ये साेमबार बैकिङ, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।

सर्वाधिक होटल तथा पर्यटन उपसूचकको १०.७८ प्रतिशतले बढेको छ । होटल कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ ।  फाइनान्स उपसूचक सर्वाधिक ०.९६ प्रतिशतले घट्न पुगेको छ ।


Author

थप समाचार
x