सेयर

सामान्य अंकले बढ्यो नेप्से, नबिलको ३८% लाभांश घोषणाको प्रभाव सेयर बजारमा

इकागज |
कात्तिक १७, २०७८ बुधबार १५:५४ बजे

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । यो साता चार कारोबार दिनमा तीन दिन नेप्से उकालो लागेको छ भने सोमबार सामान्य करेक्सन देखिएको थियो । बुधबार नेप्से सामान्य अंक ५.२२ अंकले बढेर २,८४८.८४ बिन्दूमा पुगेको छ । बुधबार ट्रेडिङ्ग, होटल र पर्यटन, निर्जीवन विमा कम्पनी, जीवन बिमा कम्पनी र इन्भेष्टमेन्ट समूहका परिसूचक बाहेक अन्य समूहका परिसूचक ओरालो लागेका छन् ।

नेप्सेमा कारोबार भएकामध्ये एक सय ११ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने ७४ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.१ प्रतिशतले घटेको छ । 


मंगलबार महालक्ष्मी विकास बैंकको सबैभन्दा ठूलो कारोबार भएकोमा बुधबार सर्किट ब्रेकर लागेको छ । महालक्ष्मी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ७३ रुपैयाँले बढेर प्रतिकित्ता ८०३ रुपैयाँमा कारोबार भएको छ । 

नबिल बैंकको लाभांश घोषणाको प्रभाव आज सेयर बजारमा देखिएको छ । नबिलले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने मंगलबार घोषणा गरेको थियो । बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत  नगद लाभांश प्रस्ताव गरेको थियो । फलस्वरुप आज सेयर बजारमा नबिल बैंकको सबैभन्दा ठूलो कारोबार भएको छ । नबिल बैंकको १ अर्ब १७ करोड ९७ लाख रुपैयाँ मूल्यका ७ लाख ५ हजार चार सय ३० कित्ता सेयर सात हजार चार सय ८३ पटकमा खरिद–बिक्री भएको छ । 

बुधबार नेप्सेमा २२९ कम्पनीका ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ मूल्यका ९९ लाख ९५ हजार पाँच सय २२ कित्ता सेयर ६१ हजार सात सय ४५ पटकको कारोबारबाट किनबेच भएका छन् । कुल बजार पुँजीकरण ४० खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । 

 मिति

  नेप्से परिसूचक

 कारोबार रकम

 कात्तिक ७, आइतबार

 २,५८४.५२

 २ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक ८, सोमबार

 २,६७२.२५

 ४ अर्ब ३० करोड रुपैयाँ

 कात्तिक ९, मंगलबार

 २७५१.०२

 ६ अर्ब ३१ करोड रुपैयाँ

 कात्तिक १०, बुधबार

 २७६९.१३ 

 ६ अर्ब ६१ करोड रुपैयाँ

 कात्तिक ११, बिहीबार

 २७८२.१६

 ५ अर्ब ३९ करोड रुपैयाँ

 कात्तिक १४, आइतबार

 २८३७.६१

 ७ अर्ब ८२ करोड रुपैयाँ

 कात्तिक १५, सोमबार

 २८१९.८६ 

 ७ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक १६, मंगलबार

 २८४३.६२

 ६ अर्ब ७ करोड रुपैयाँ

 कात्तिक १७, मंगलबार

 २८४८.८४

 ६ अर्ब ५५ करोड रुपैयाँ


Author

थप समाचार
x