सेयर

एक हप्तापछि सेयर बजारको उकालो यात्रा

इकागज |
मंसिर १५, २०७८ बुधबार १५:९ बजे

काठमाडौँ - निरन्तर ओरालो लागेको सेयर बजारको यात्रा आज भने केही उकालो लागेको छ । पछिल्लो पटक गत बुधबार उकालो लागेको सेयर बजार एक हप्तापछि आज केही बढेको हो ।

साताको चौथो कारोबारको दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.२८ अंकले बढेर २६३३.६६ मा पुगको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.८९ अंक अर्थात् ०.१८ प्रतिशतले बढेको छ । आजको कारोबारमा २ सय २३ कम्पनीका सेयर ३७ हजार ५ सय ८५ पटक कारोबार भएको छ ।


आज २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रूपैयाँ बराबरको कारोबार हँदा ५३ लाख १० हजार २ सय १५ सेयर कारोबार भएको छ । बुधबारको कारोबारमा ९१ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ८७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । बैंकिङ, हाइड्रो पावर, फाइनान्स समूह उकालो लागेका छन् भने होटेल, विकास बैंक , व्यापार लगायतको समूह ओरालो लागेका छन् ।

बुधबारको कारोबारमा नेपाल दुरसञ्चार कम्पनी, हिमालय डिस्ट्रलरी, महिला लघुवित्तको सेयर सर्वाधिक कारोबार भएका छन् । सामलिङ पावर कम्पनी,न्यादी हाइड्रो पावर, कर्पोरेट डेभलोमेन्ट बैंक लगायतको सेयर आज सर्वाधिक कमाउनेमा तथा आइसीएफसी, युनाइटेड इन्सुरेन्स कम्पनी, ग्लोवल आइएमई लघुवित्त लगायतको सेयर गमाउनेमा परेका छन् ।


Author

थप समाचार
x