रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा आत्मदाहको प्रयास

फाइल फोटो
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।
बाँकेका गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् । रविको नागरिकता विवादका कारण सांसद र गृहमन्त्री पद गएको भन्दै उनले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारीचालक हुन् । उनले आफैँमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया