समाज

प्रहरीको सुरक्षाबीच बन्चरेडाँडा लगियो फोहाेर [तस्बिरहरू]

इकागज |
साउन ५, २०८० शुक्रबार १८:९ बजे

तस्बिर : न्युज कारखाना

काठमाडौँ- केही दिनदेखि अवरुद्ध काठमाडौँको फोहोर बन्चरेडाँडा लगिएको छ । साउन १ गतेदेखि स्थानीयको अवरोधका कारण बन्चरेडाँडा लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो । फोहोर लैजाँदै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए ।



यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन् । जसका कारण काठमाडौँको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन ।

काठमाडौँकाे मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ । 


Author

थप समाचार
x