समाज

चार जनाको हत्या आरोपमा राई पक्राउ

इकागज |
भदौ ३०, २०८० शनिबार ७:२१ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।  प्रहरीले हत्या आरोपमा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको हो । राईको कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचान भएको उनले बताए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । 

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ ।

र, यो पनि


Author

थप समाचार
x