समाज

भूकम्पमा घाइतेको उद्धारका लागि तिलोत्तमाले पठायाे १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री

इकागज |
कात्तिक १८, २०८० शनिबार १४:२७ बजे

बुटवल- शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ ।

नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग पठाएका हुन् ।


नगर प्रमुख खाँणले भूकम्पले नराम्ररी क्षति पुर्‍याएको २ जिल्लाका लागि पालिकाको विपद् कोषबाट ५ लाख जाजरकोट र ५ लाख रुकुम पश्चिमलाई हुने गरी बजेट पठाएको बताए । उनले आफू जान नसके पनि उद्धार कार्यका लागि पालिकाका स्वास्थ्य प्रमुखसहितको टोलीलाई पठाएको बताए ।

उनले यस्तो बेलामा देशका हरेक स्थानीय तह, जनप्रतिनिधिले सक्दो हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका नागरिकलाई सान्त्वना दिन र उपचार गरी उद्धार गर्न आवश्यक रहेको बताए ।


Author

थप समाचार
x