समाज

आजको भूकम्पले अर्घाखाँचीमा पनि केही घर चर्किए

इकागज |
कात्तिक २०, २०८० सोमबार २०:३० बजे

बुटवल- आज सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा आएको भूकम्पको झट्काले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा केही घरहरू चर्किएका छन् ।

करिब तीन महिनाअघिदेखि निर्माणाधीन अवस्थामा रहेको सन्धिखर्क-१० भगवती टोल निवासी शिव गन्धर्वको घर भूकम्पले चर्किएको हो ।


घर धनी शिव गन्धर्वका अनुसार तीन महिनाअघिदेखि सो घर निर्माण गर्न सुरु गरिएको थियो । 'आज मात्र उक्त घरलाई जस्तापाताले छाउने काम भइरहेको थियो,' उनले भने, 'भूकम्प गयो हामी छानाबाट हामफाल्यौँ ,पछि घरको अवस्था हेर्दा २/३ ठाउँमा चर्किएको रहेछ ।'

जिल्ला प्रहरी प्रमुख प्रितम राठौरले भूकम्पले केही घर चर्किएको सूचना आएको बताए । उनले यकिन तथ्याङ्क लिने काम भने भइरहेको बताए ।


Author

थप समाचार
x