समाज

तीनकुनेमा प्रसाईं समूहका प्रदर्शनकारीसँगै बाटोमा हिँडिरहेकालाई पनि समाउन थाल्यो प्रहरीले (तस्बिरहरू)

अनुज बज्राचार्य |
मंसिर ८, २०८० शुक्रबार १२:४० बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- दुर्गा प्रसाईंको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् । 

आज ११ बजेदेखि काठमाडौँ तीनकुनेमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडकमा हिँडिरहेकाहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।


प्रहरीकाअनुसार शान्ति सुरक्षामा खलल पुर्‍याउने उदेश्यले आन्दोलन गर्न लागेको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । 

उता जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा प्रसाईं समूहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x