समाज

कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

इकागज |
मंसिर २६, २०८० मंगलबार १७:३३ बजे

भोजपुर- आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ । 

घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पबित्राको उपचारका लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 


अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।  


Author

थप समाचार
x