समाज

क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीमा दोषी ठहर

इकागज |
पुस १३, २०८० शुक्रबार १९:३६ बजे

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशीरराज ढकालको एकल इजलासले बलात्कार आरोपमा सन्दीपलाई दोषी ठहर गरेको हो ।


अदालतले गौशाला २६ नाबालिक नरहेको ठहर गर्दै सन्दीपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेको ठहर गरेको छ । अब सन्दीपलाई दिने सजाय पुस २५ गते निर्धारण हुने भएको छ ।

जिल्ला अदालत काठमाडौँले मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला गरेको छ । जस अनुसार बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । 


Author

थप समाचार
x