समाज

रोकेर चालक पसल जाँदा जिप भीरबाट खस्यो

इकागज |
माघ २०, २०८० शनिबार ९:४४ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- अर्घाखाँचीमा जिप दुर्घटना भएको छ । शनिबार बिहान लु १ ज १६६९ नम्बरको जिप भूमिकास्थान नगरपालिका-९ मा दुर्घटना भएको हो ।

जिपमा सवार चारमध्ये दुई जनाको अवस्था चिन्ताजनक भएको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी प्रतितसिंह राठौरले बताए ।


जिप रोकेर न्युट्रलमा राखेर चालक पसल गएका बेला भीरबाट खसेको राठौरले जानकारी दिए ।

उनका अनुसार चालक भूमिकास्थान नगरपालिका-८ का वसन्त खनाललाई नियन्त्रणमा लिइएको छ ।


Author

थप समाचार
x