समाज

डढेलो गाउँ पस्दा घरगोठ खरानी

इकागज |
माघ २४, २०८० बुधबार २०:३ बजे

फाइल तस्बिर

कटारी (उदयपुर)- उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका–१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ । वनमा आज लागेको डढेलोले स्थानीय रमेश मगरको घरगोठ जलेर खरानी भएको हो ।

ताप्ली–१ ओख्लेका वडाध्यक्ष उद्धव हमालका अनुसार गाउँ नजिकैको सल्लाघारी वनमा आगलागी भएको हो । उनले भने, 'घरको अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको छ ।' वन क्षेत्रमा लागेको डढेलो बेस्सरी हावा चल्दा गाउँमा पसेको उनले बताए । डढेलोका कारण अन्य घर पनि जोखिममा रहेका वडाध्यक्ष हमालले बताए ।


आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरीचौकी रुपाटारबाट टोली घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास राईले बताए ।


Author

थप समाचार
x