समाज

गुरुको सम्झनामा जापानीले ललितपुर महानगरमा साकुरा रोपे

इकागज |
फागुन २७, २०८० आइतबार ११:४९ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकामा जापानबाट ल्याएको साकुरा फूल रोपिएको छ । शनिवार महानगरको प्राङ्गणमा मेयर चिरीबाबु महर्जन र जापानी नागरिक तामुरा तेचुओ र ओहारा सोले संयुक्त रुपमा साकुराको बिरुवा रोपेका हुन् ।

महानगर परिसरमा जापानबाट ल्याइएको १४ वटा साकुरा रोपिएको हो । शिक्षकको सपना पुरा गर्न ४३ वर्षीय ओहाराले साकुरा महानगरमा ल्याएर रोपेका हुन् ।


काठमाडौँ उपत्यकाको मौसम साकुराका लागि अनुकूल भएकाले पनि साकुरा ल्याइएको हो । यसअघि पनि महानगरले बागमतीको किनारामा साकुरा रोपिसकेको छ । यो फूल तीनदेखि पाँच वर्षमा फुल्ने गर्छ ।

फूल रोपेसकेपछि मेयर महर्जनले जापान र नेपालको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ भएर जानेमा उनले विश्‍वास व्यक्त गरे ।

साकुरा फूल रोप्न गोदावरी बोटानिकल विभागसँग अनुमति ल्याएर ल्याइएको हो ।


Author

थप समाचार
x