समाज

नक्कली माया प्रेममा फसाएर बालिकालाई केरला लग्दै गरेका वीरगञ्जका मोहम्मद भारतमा पक्राउ

इकागज |
फागुन २७, २०८० आइतबार २०:२४ बजे

रौतहट- आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका एक जना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानीय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ । 

भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिएका छन् । बालिकालाई सोधपुछ गर्दा अन्सारीले आफूलाई केरला लैजान चाहेको बयान दिएपछि उत्तराखण्ड प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताएका छन् ।


अन्सारीले बालिकासँग इन्स्टाग्राम मार्फत चिनजान गरेका थिए । आफ्नो वास्तविक नाम लुकाएर युवतीलाई मुन्ना महतो बताएका थिए ।

इस्राफिलले संयोगबस एक दिन आफ्नो मोबाइल घरमा बिर्सेको समयमा उनका एक जना आफन्तले फोन गरेर इस्राफिल कहाँ छ भनेर सोधेपछि मात्र आफूले उनको वास्तविक नामबारे चाल पाएको बताएकी थिइन् ।

आरोपी मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा यसअघि पनि थप दुई युवतीसँग यसै गरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x