समाज

नुहाउने क्रममा नहरमा बेपत्ता युवकको शव फेला

इकागज |
चैत ४, २०८० आइतबार १९:२५ बजे

काठमाडौँ- नहरमा नुहाउने क्रममा बेपत्ता भएका एक जना युवकको शव फेला परेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका-९ ढोकापुलस्थित सप्तकोसीको चतरा-खनार नहरमा नुहाउने क्रममा बेपत्ता भएका भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भएका १८ वर्षीय अम्बिराज राईको शव फेला परेको हो ।


सुनसरीको इटहरी-८ मा डेरा गरी बस्दै आएका उनी नहरमा बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस दुहबीबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा ५ टोली खटिएको थियो ।

सशस्त्रको टोलीले अम्बिराजको शव नहरमा डुबेकै स्थानबाट निकालेको छ ।


Author

थप समाचार
x