समाज

साथीको हत्या गरी फरार रहेका तिखे २१ वर्षपछि पक्राउ

इकागज |
चैत ६, २०८० मंगलबार १३:२८ बजे

काठमाडौँ- साथीको हत्या गरी  २१ वर्षदेखि फरार रहेका तिखे भन्ने तेजबहादुर राई पक्राउ परेका छन् । उनले २१ वर्षअघि काठमाडौँ महानगरपालिका १९ का  २६ वर्षीय साथी संजय शाहीको हत्या गरी फरार रहेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो । उनले शाहीको २०५९ असोज १४ गते काठमाडौँ महानगरपालिका १९ को मरुढोका इनाटोलको राँगा काट्ने वधशालामा रडले हानेर हत्या गरेका थिए ।


टाउको र शरीरमा फलामको रडले हानेर हत्या गरेर विष्णुमती खोला किनारमा फालेर राई फरार थिए । ४१ वर्षीय राई सोलुखुम्बु नेचा सल्यान ४ का स्थायी ठेगाना रहेको छ ।


Author

थप समाचार
x