समाज

पानीमा डुबेर युवकको निधन

इकागज |
चैत १५, २०८० बिहीबार १९:१० बजे

दैलेख- भैरबी गाउँपालिका-३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ ।

मृत्य हुनेमा भैरबी गाउँपालिका-३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विकको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए । 


भैरबी-३ का वडा सदस्य कल्पना विकले भैरबी-३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा पानीमा डुबेर ज्ञानबहादुरको निधनको बताइन् । 


Author

थप समाचार
x