समाज

इतिहासमा आज

इकागज |
चैत १६, २०८० शुक्रबार ७:४८ बजे

काठमाडौँ- आज चैत १६ गते अर्थात मार्च २९ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​

सन्‌ १९४३ मार्च २९ मा बेलायतले दोस्रो विश्वयुद्धका लागि गाईको मासु, सुँगुर, भेडा र मटनको लागि भण्डार गर्न सीमित गरेको थियो ।


सन्‌ १९७३ मार्च २९ मा अमेरिकी लडाकु सेनाले भियतनाम छाडेको थियो । त्यसपछि भियतनाम युद्धमा अमेरिकाको प्रत्यक्ष सैन्य संलग्नता समाप्त भयो ।

सन्‌ १९५१ मार्च २९ मा जुलियस र एथेल रोजेनवर्गलाई सोभियत संघको लागि जासुसी गर्ने षड्यन्त्रको लागि न्यूयोर्कमा दोषी ठहराइएको थियो । र, त्यसको दुई वर्षपछि सन्‌ १९५३ मा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

सन्‌ २००४ मार्च २९ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुशले रोमानिया, बुल्गेरिया, स्लोभाकिया, लिथुआनिया, स्लोभेनिया, लाटभिया र इस्टोनियलाई ह्वाइट हाउसको समारोहमा नाटोमा स्वागत गरेका थिए ।


Author

थप समाचार
x