समाज

सीतापाइला मन्दिर परिसरमा शनिबार रक्तदान कार्यक्रम हुने

इकागज |
चैत १६, २०८० शुक्रबार ८:० बजे

फाइल तस्बिर

काठमाडौँ- नागार्जुन नगरपालिका- ५ मा रक्तदान कार्यक्रम हुने भएको छ । सृजना युवा क्लबको आयोजनामा भोलि शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो ।

'स्वस्थ व्यक्ति सबैले गरौँ रक्तदान, मरनासन्न व्यक्तिलाई हुन्छ जीवनदान' भन्ने नारासहित १४औँ रक्तदान कार्यक्रम हुन लागेको वडा नम्बर ५ का वडाध्यक्ष महेश रिमालद्वारा जारी सूचनामा उल्लेख छ ।


उक्त क्लबले विगत १३ वर्षदेखि निरन्तर रूपमा रक्तदान कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको र करिब एक हजार पिन्टभन्दा रगत संकलन गरी विभिन्‍न व्यक्तिहरूलाई उपलब्ध गराउँदै आइरहेको सूचनामा उल्लेख छ ।

भोलि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सीतापाइला मन्दिर परिसरमा रक्तदान कार्यक्रम हुने जनाएको छ ।


Author

थप समाचार
x