समाज

'घर घरमा योग' नारासहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

इकागज |
असार ७, २०७८ सोमबार १३:३१ बजे

काठमाडौँ : काठमाडौँस्थित भारतीय राजदूतावासले ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यमबाट सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेको छ । कोभिड-१९ महामारीबीच सोमबार 'घर घरमा योग' नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरू देखाइएको छ । सो योग अभ्यासको फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए ।


योगको सन्देश र यसका फाइदाबारे सबैलाई सुसूचित गराउन योगका प्रचलित अभ्यासहरू नेपाली पाश्र्व आवाजसहित टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो । यस बाहेक योगाचार्य सुनील मानसँग ‘कोभिड–१९ को समयमा योगको औचित्यता’बारे गरिएको कुराकानी नेपालका सातै प्रदेशका दश प्रमुख रेडियो एफएम च्यानलमार्फत प्रसारण गरिएको थियो ।

दूतावासले भर्चुअली आयोजना गरेको निबन्ध लेखन र भिडियो ब्लगिङ्ग प्रतियोगितामा नेपालभरीका नेपालीहरुले सहभागीता जनाएका थिए ।


Author

थप समाचार
x