समाज

पब्जीको नयाँ गेम 'न्यु स्टेट' नोभेम्बर ११ मा

इकागज |
कात्तिक ८, २०७८ सोमबार १४:५५ बजे

काठमाडौँ- चर्चित दक्षिण कोरियाली गेम निर्माता कम्पनी क्राफ्टनले 'पब्जी न्यु स्टेट' गेमको सार्वजनिकको अन्तिम चरणमा पुगेको जनाएको छ । न्यु स्टेट आगामी नोभेम्बर ११ मा सार्वजनिक गर्ने तयारीमा गेम निर्माता कम्पनी लागेको छ ।

यसको गेम आओएस तथा एन्ड्रोइड दुवै प्लेटफर्ममा विश्वभरका प्रयोगकर्ताले एकैपटक प्रयोग गर्न मिल्ने गरि सार्वजनिक गर्ने तयारीमा निर्माता रहेको छ । यसको अन्तिम परिक्षण आगामी २८ देखि ३० अक्टोबरमा विभिन्न देशमा गर्ने कम्पनीको योजना छ ।


यूट्युबमा लाइभस्ट्रीम इभेन्टमा क्राफ्टनले पब्जी न्यु स्टेट विश्वका १७ भाषामा उपलब्ध हुने पब्जीको जस्तै 'फ्रि टु प्ले' को आधारमा खेल्न सकिने छ ।

यसमा नयाँ रेन्डरिङ प्रविधि तथा एउटा गनप्ले सिस्टम समावेश हुनेछ। यसको तुलना पीसी भर्सनको पब्जी ब्याटलग्राउन्ड्ससँग गरिँदै आएको छ ।

पीसी तथा कन्सोलका लागि पहिलेको पब्जी गेमजस्तै यो मोबाइल गेमको ब्याटल रोयल गेम भर्सन पनि पब्जी स्टूडियोले नै विकास गरिएको र अझ सुधारिएकाे गेम प्ले उपलब्ध हुने बताइएको छ।

प्रि-रजिस्ट्रेशन  करोडभन्दा बढी

यस गेमको प्रि-रजिस्ट्रेशनमा ५ करोड भन्दा बढी प्रयोगकर्ता सहभागी भएको कम्पनीको दावी छ । प्ले स्टोर तथा एप स्टोरमा गरेर ५ करोडभन्दा बढीले रजिस्ट्रेशन गरेको जनाएको छ । हाल अनलाइन गेममा पब्जी विश्वमै लोकप्रिय रहेको छ । यसमा एक देखि ४ जनासम्मको टिम बनाएर विभिन्न म्यापमा गेम खेल्न सकिन्छ ।


Author

थप समाचार
x