खेलकुद

साफ सुरु : सावित्राकाे गाेलबाट भुटानविरुद्ध नेपालकाे अग्रता

इकागज |
भदौ २१, २०७९ मंगलबार १८:० बजे

काठमाडाै‌ । आजबाट महिला साफ च्याम्पियनसीप फुटबल प्रतियाेगिता सुरु भएकाे छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजबाट छैटौँ संस्करणको साफ महिला फुटबल च्याम्पियनसीप सुरु भएकाे हाे । च्याम्पियनसीपको उद्घाटन खेलमा समूह ‘बी’ मा रहेका नेपाल र भुटानबीच खेल जारी छ । अहिले नेपालले १ गाेलसहित अग्रता  लिइरहेकाे छ ।


खेलकाे १२ अोै मिनेटमा नेपालकी फरवार्ड सावित्रा भण्डारीले गरेकाे गाेलबाट नेपालले अग्रता लिएकाे हाे । अमिसा कार्कीको पासमा सावित्राले गोल गरेकी थिइन् । वर्षाका कारण खेल प्रभावित भएको थियोे ।

चार पटकको उपविजेता नेपालले भुटानलाई पराजित गर्दै च्याम्पियनसीपमा विजयी सुरुवात गर्न चाहन्छ । यता भुटानले भने घरेलु टोलीलाई स्तब्ध तुल्याउने अपेक्षासहित मैदानमा उत्रेकाे छ । 

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपालले च्याम्पियनसीपको उपाधि जित्ने लक्ष्य राखेको छ । एन्जिलाले नेपाललाई उपाधि दिलाउने लक्ष्य रहेको समेत बताएकी छन् ।

यता मुख्य प्रशिक्षक कुमार थापा पनि नेपालको उपाधिको खटेरी तोड्ने लक्ष्यसहित च्याम्पियनसीपमा सहभागिता जनाउन लागेको जनाएका छन् ।

भुटानलाई भने घरेलु टिमविरुद्ध खेल्न त्यति सजिलो भने पक्कै पनि हुनेछैन । कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा आयोजक नेपालसँगको खेल सहज नहुने धारणा राखेकी छन् । घरेलु समर्थकसामु खेल्दा मानसिक रूपमा पनि कठिन हुने उनको भनाइ छ । 

समूह ‘बी’ मा नेपाल, भुटान र श्रीलंका रहेका छन् । नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सेप्टेम्बर १२ मा खेल्नेछ । समूह ‘ए’ मा भने पाँच पटककै विजेता भारतसहित पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।  


Author

थप समाचार
x